
काठमाण्डु,१५ चैत– आज बुधबार सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७८–०७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अभिलेख संरक्षण ९पहिलो संशोधन० विधेयक, २०७७ संसद्मा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले बताएको छ ।