
काठमाण्डु,१५ चैत–बालुवाटारमा सत्ता गठबन्धनको बैठक जरी छ । प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा जारी बैठकमा मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको तयारी रहेको छ ।
हिजो (मंगलबार) बेलुका बसेको बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका नेताहरुलाई सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा वितरण गरेका थिए ।
त्यो मस्यौदामा आजको बैठकमा नेताहरुले आ–आफ्ना राय सुझाव प्रस्तुत गर्ने छन् ।त्यसपछि न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने बताइएको छ ।
न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिएका छन ।