
काठमाण्डु,१४ चैत– बालुवाटारमा सत्तारुढ गठबन्धनका नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा सुरु भएको बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमका विषयमा छलफल हुने एक नेताले जानकारी दिएका छन ।
गत १० पुसमा बनेको सत्ता समीकरण राष्ट्रपति निर्वाचनअघि टुटेपछि नयाँ गठबन्धनले आफ्नो न्युनतम साझा कार्यक्रम बनाउने तयारीमा रहेको छ ।
न्युनतम साझा कार्यक्रममा सहमति जुटेपछि मात्र मन्त्रिपरिषद विस्तार गर्नुपर्ने नेताहरुले बताएका छन् ।
आज मंगलबार दिउँसो सुरु भएको बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुषपकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीका नेताहरु सहभागी भएका छन ।