ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाण्डु टुडे २०७९ चैत १३ गते ११:१९ मा प्रकाशित

धनुषा, १३ चैत– धनुषामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका ३ का २९ वर्षीय ट्याक्टर चालक विष्णुबहादुर फुयाल रहेका छन् ।

फुयालले ज १ च ३४३७ ट्याक्टर लिएर क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरबाट बटेश्वर गाउँपालिका९५ शान्तिपुर जाँदै गर्दा एभरेष्ट पेपर मिल नजिक दुर्घटना भएको हो ।

घटना स्थलमा मुचुल्का गरी शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाउने तयारी र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us