नेपालसँगको सम्बन्ध थप मजबुत बनाउन चाहन्छुः ट्रम्प

काठमाण्डु टुडे २०८२ जेठ २९ गते ७:३० मा प्रकाशित

काठमाण्डू, २९ जेठ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालसँग सामूहिक चासोका विषयमा सहकार्य गर्दै द्विपक्षीय सम्बन्ध अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधबार ह्वाइट हाउसमा आयोजित एक समारोहमा अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले राष्ट्रपति ट्रम्पसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

सो अवसरमा राजदूत रेग्मीले नेपालको राष्ट्रपति, प्रधानमन्त्री र जनताको तर्फबाट ट्रम्पको सुस्वास्थ्य, खुसी र सफल कार्यकालको शुभकामना दिए ।

साथै, उनले नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्दै अमेरिका सरकारद्वारा सामाजिक तथा आर्थिक विकासमा प्रदान गरिएको सहयोगप्रति आभार प्रकट गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us