लुम्बिनीमा कांग्रेस नेता डिल्ली चौधरीद्वारा मुख्यमन्त्रीमा दाबी पेश

काठमाण्डु टुडे २०७९ चैत १२ गते १५:३१ मा प्रकाशित

दाङ, १२ चैत – एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारबाट बाहिरिए लगत्तै नेपाली कांग्रेसका संसदीय दलका नेता डिल्ली चौधरीले मुख्यमन्त्रीमा दाबी गरेका छन्।

संविधानको धारा १६८ को उपधारा २ अनुसार दुईभन्दा बढी दलको समर्थन जुटाएर चौधरीले आइतबार मुख्यमन्त्री दाबी गरेका हुन्।उनलाई मुख्यमन्त्री बनाउन ९ दलका ५३ जना सांसदले समर्थन गरेका छन्।

यसअघि आजै मात्र मुख्यमन्त्री लीला गिरीको सरकारमा रहेका माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतले उनलाई दिएको समर्थन फिर्ता लिएका थिए।उनीहरूले समर्थन फिर्ता लिएलगत्तै कांग्रेस सांसद चौधरी मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा पुगेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us