प्रधानमन्त्री प्रचण्डले गठबन्धन बैठकमा भागबन्डाको प्रस्ताव पेस गर्ने

काठमाण्डु टुडे २०७९ चैत ११ गते १८:३३ मा प्रकाशित

काठमाण्डु,११ चैत– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ढिलोमा पर्सीसम्म मन्त्रिपरिषद् विस्तार हुने पार्टी बैठकमा ब्रिफिङ गरेका छन् ।

आज (शनिबार) पार्टी मुख्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले सो विषयको जानकारी दिएका छन ।

बैठकबारे जानकारी दिँदै पार्टी सचिव देवेन्द्र पौडेलले भने, ‘मन्त्रिपरिषद् विस्तार कुनै विषयमा अल्झेको होइन । गठबन्धनका शीर्ष नेताहरूले सबै पक्षहरूसँग अलग–अलग छलफल गरेर प्रस्ताव बनाउनु भन्नुभएको थियो ।

त्यही अनुसार आजसम्म सबै पक्षहरूसँग प्रधानमन्त्रीले छलफल गर्नुभएको छ ।’ पौडेलले भोलिसम्म प्रधानमन्त्रीले गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे प्रस्ताव पेस गर्न जानकारी दिएका छन ।

त्यस्तै पार्टीका सचिव लीलामणि पोखरेलले पनि आजको बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपति चुनावदेखि अहिलेसम्मको राजनीतिक परिस्थितिको बारेमा ब्रिफिङ गर्ने काम भएको जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us