
झापा,९ चैत– प्रहरीले झापाबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ सहित एक जान लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका ३४ वर्षीय ताहिर हुसैन रहेका छन ।
झापाको मेचीनगर नगरपालिका–६ मेचीपुलबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ४ ग्रामसहित हुसैनलाई प्रहरीले पक्राउ गरेको प्रहरीले बताएको छ ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।