प्रधानमन्त्री प्रचण्डलाई राजेन्द्र लिङ्देनको चुनौती– मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन्

काठमाण्डु टुडे २०७९ चैत ८ गते १२:२२ मा प्रकाशित

प्रधानमन्त्री प्रचण्डलाई राजेन्द्र लिङ्देनको चुनौती– मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन्
काठमाण्डु, ८ चैत– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुख थुनेर होइन, बन्दुक तेर्स्याए पनि आवाज नथुनिने बताएका छन ।

हिजो (मंगलबार) सरकारको विरोधमा उत्रिएकाहरुको प्रहरीले मुख थुनेको प्रसंगमा उनले प्रचण्डलाई यस्तो चुनौती दिएका हुन्। उनले भनेका छन्, ‘हामीले गणतन्त्र ल्यायौं, संघीयता ल्यायौं, धर्मनिरपेक्षता ल्यायौं र त सबैले बोल्न पाएका छौं भन्नुहुने क।

प्रचण्ड हेर्नुहोस् त हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ? ’ उनले चाँडोभन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर घटाउन तथा देशभित्रै रोजगारी सिर्जनाको वातावरण बनाउन आग्रह समेत गरेका छन ।

उनले थपे, ‘अन्यथा मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन्। जो तपाईं स्वयंलाई सबैभन्दा राम्रो थाहा छ! ’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us