काठमाण्डु,६ चैत– आमजनता पार्टीका अध्यक्ष प्रभु साहले एमालेले किन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन फिर्ता लियो भन्ने विषयमा बुझ्न नसकेको बताएका छन ।
आज संसदमा बोल्दै उनले यस्तो बताएका हुन । साहले जिम्मेवार पार्टीलेविना कारण प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन ।
उनले भने, ‘मैले यो सरकारलाई सुरुदेखि नै समर्थन गर्दै आएको छु’ त्यतिबेलाको एमालेले किन समर्थन फिर्ता लियो बुझ्न सकेको छैन ? जिम्मेवार पार्टीले बताउन सक्नु पर्ने थियो किन समर्थन फिर्ता लिनुप¥यो रु किन समर्थन गरियो किन फिर्ता लिनुभयो दलको नेताले बोल्नुपर्ने हो ।
उहाँ बोल्नु भएन ।’ उनले देशमा अस्थिरता ल्याउन विभिन्न ढंगले खराब प्रवृत्ति प्रकट हुने गरेको बताएका छन ।