नेपालमा पर्यटन नीति नै छैन: मन्त्री किराँती

काठमाण्डु टुडे २०७९ चैत ४ गते १६:११ मा प्रकाशित

काठमाण्डु,४ चैत– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले नेपालमा पर्यटन नीति नै नभएको बताएका छन ।

आज (शनिबार) काठमाण्डुमा आयोजित नेपाल थामी समाजको छैठौं राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन । मन्त्री किरातीले मुलुकमा संस्कृति र पर्यटनसम्बन्धि नीति नै नभएको स्वीकार गरेका छन । उनले अबको नेपालको पर्यटन नेपालीपनको हुने समेत बताएका छन ।

उनले रैथाने स्वाद र संस्कृतिसहितको अवको पर्यटन हुनुपर्ने बताएका छन । मन्त्री किरातीले नेपालमा पर्यटनका लागि अथाह सम्भावना भएपनि त्यसको परिचालन गर्ने नीतिहरुकै अभाव भएको बताए छन ।

मन्त्री किराँतीले भने– ‘पर्यटन नीति हामीले अहिलेसम्म बनाउनै सकेनौं । हाम्रो संस्कृति नीति बनाउनै सकेनौं । सकिएन छ म त भर्खर मन्त्री भएको ६१ दिन भयो । चाईनिज कल्चर सेन्टरसँग नेपालमा । स्पेनिस कल्चर सेन्टर छ नेपालमा । ररियन कल्चर सेन्टर, इन्डियन कल्चर सेन्टर छ नेपालमा । तर नेपालको त केही पनि छैन ।

ऊसको चाहीँ यहाँ पनि छ । हाम्रो चाहीँ केही पनि छैन । संस्कृतिलाई रिसर्च गर्ने सेन्टहरु खैं ? हामी लोप नभएर को लोप हुन्छ अब । भनेपछि हामीले अनुसन्धानको क्षेत्रमा कति पनि काम गरेका छैनौं ।

अहिले म भन्दैछु–अबको पर्यटन भनेको चाहीँ प्रकृतिको सम्पदा र मानवको सम्पदालाई मिश्रण गरेर बनेको नेपालीपनको पर्यटन हुन्छ । रैथाने स्वाद र संस्कृतिसहितको अवको पर्यटन हुनुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us