उपराष्ट्रपति निर्वाचनको फरक मतले सरकारलाई असर पर्दैन: महामन्त्री थापा

काठमाण्डु टुडे २०७९ चैत ३ गते १५:३४ मा प्रकाशित

काठमाण्डु,३ चैत– कांग्रेस महामन्त्री गगन थापाले सत्ता गठबन्धनमा उपराष्ट्रपति चुनावमा देखिएको फरक मतले सरकारलाई कुनै असर नपर्ने बताएका छन ।

सत्ता गठबन्धनका ठूला चार दलले जनता समाजवादी पार्टी जसपाका रामसहाय यादवलाई समर्थन गरेका छन् भने अरु ५ दलले जनमत पार्टीकी ममता झालाई समर्थन गरेका छन् ।

उपराष्ट्रपति निर्वाचनमा मत दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले एउटै उम्मेदवार बनाउने कोसस भएको, तर त्यो सम्भव नभएपछि सल्लाहले नै फरक ठाउँमा उभिएको बताएका छन ।

तर नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बेला एकठाउँमा आउने भन्दै उनले भने, ‘यसले सरकारको निरन्तरतामा फरक पार्दैन । ’

राष्ट्रपति निर्वाचनका बेला भएको समझदारी कार्यान्वयन भएकाले कांग्रेलिे पनि विश्वासको मत दिने उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us