
काठमाण्डु,३ चैत– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले डेमोक्रेटिक सिस्टममा हारजित स्वभाविक हुने बताएका छन ।
तर नेपालमा साँठगाँठे सिस्टम अभ्यास भररहेको बताएका छन् उपराष्ट्रपति निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन ।
उनले भने, ‘साँठगाँठे सिस्टम भयो । यसमा कसले जित्यो ? कसले हार्यो रु कसको शक्ति कति ? भन्ने भएन । अहिले त जनमत पार्टीले उपराष्ट्रपतिको उम्मेदवार उठाएको छ । यस्तोमा के सिसाब गर्नुहुन्छ ?’