
काठमाण्डु,१ चैत– जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोली बिहीबार बस्दै छ । बैठक पार्टी कार्यालयमा बिहान ११ बजे बस्दै छ ।
समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको हो । जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभा तर्फको एक स्थान रिक्त छ । मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छन् ।