राजनीति भनेकै गुटबन्दी र जालझेल भयो: केपी ओली

काठमाण्डु टुडे २०७९ फागुन ३० गते १५:२८ मा प्रकाशित

काठमााण्डु,३० फागुन–पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीति भनेको गुटबन्दी र जालझेल भएको बताएका छन ।

आज (मंगलबार) मानवअधिकार एलाइन्सको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन । उनले डेमोक्रेसी भनिए पनि साँचो अर्थमा डेमोक्रेसी नै नरहेको बताएका छन । उनले भने ‘अहिले त डेमोक्रेसी भन्ने कहाँ छ र ? गुटबन्दी र जालझेल मात्र छ ।

कसले प्रतिस्पर्धा गरेको छ ?’ उनले प्रश्न गरे, ‘एमालेसँग प्रतिस्पर्धा गर्न कसले आँट गरेको छ ?’ उनले राजनीतिक दलहरुको नाममा राष्ट्रिय वा नेपाल भने पनि उनीहरु न राष्ट्रिय न नेपालको भएको बताए । उनले यो बेला मानवअधिकारको उल्लंघन सामान्य हुनसक्ने भन्दै उनले यसलाई अन्त्य गर्नुपर्ने बताएका छन ।

‘मानवअधिकारको भ्वाइलेसन सामान्य हुने स्थितिबाट बदल्नुपर्छ, भ्वाइलेसन असाधारण कुरा हो, यसलाई अन्त्य गरिनैपर्छ’ उनले भने । ओलीले मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नभएको आफू मृत्युदण्डको पक्षमा नरहेको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us