सामूहिक बलात्कार गरेको अरोपमा दुई जना पक्राउ

काठमाण्डु टुडे २०७९ फागुन २९ गते ११:१८ मा प्रकाशित

काठमाण्डु,२९ फागुन– प्रहरीले दाङमा एक महिलालाई सामूहिक बलात्कार गरेको अरोपमा दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१७ का २३ वर्षीय मनोज चौधरी र ३० वर्षीय निर्मल चौधरी रहेका छन् ।

घोराही उपमहानगरपालिका–१७ स्थित बेलभारमा राति बास मागेर आगनमा श्रीमान् श्रीमती सुतेको अवस्थामा श्रीमानलाई कुटपिट गरी दुई जनाले महिलालाई बलात्कार गरेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख वीरबहादुर वलीले जानकारी दिएका छन ।

घटना शुक्रबार राति साढे १ बजे भएको हो । पीडित महिला तीन महिनाअघि श्रीमानको खुट्टाको उपचार गराउन भन्दै दाङ आएकी प्रहरीलेृ बताएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउँदा पैसा सकिएपछि श्रीमान् श्रीमती मागेर जीवन चलाइरहेका थिए । पीडितले घटनाबारे फागुन २७ गते दिएको जाहेरीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ । आइतबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us