
काठमाण्डु १८ फागुन- आइतबार आइतबार सुन र चाँदीको मूल्य बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअुनसार आज सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले बढेको छ। महासंघले आजको मूल्यसूची तोक्दै १७ सय रुपैयाँले सुनको मूल्य बढेको जानकारी दिएको हो ।यससँगै, आज नेपाली बजारमा छापावाल सुनको मूल्य १ लाख ३ हजार ५०० रुपैयाँमा कारोवार भएको छ ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँमा कारोवार भएको छ। यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको जानकारी दिएको छ ।
यससँगै, चाँदी तोलामा १ हजार २४५ रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ३०० रुपैयाँ कायम थियो भने चाँदीको मूल्य तोलााम १ हजार २२० रुपैयाँ कायम थियो ।