
काठमाण्डु,२६ फागुन– साताको कारोबारको अन्तिम दिन आज (शुक्रबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भएको हो । यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी शुक्रबार चाँदी प्रतितोला १२२० रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहीबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।