
काठमाण्डु, २१ फागुन- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको वर्तमान वित्तीय समस्या समाधानबारे सरकारले ठोस निर्णय लिने बताएका छन् ।
आज निजी क्षेत्रका प्रतिनिधिहरुसँग सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्री दाहालले सारेकारवालाहरुसँग छलफल गरेर समस्या समाधानमा ठोस निर्णय गर्ने बताएका हुन् ।
छलफलमा वर्तमान वित्तीय अवस्थाबारे सरकार चिन्तित छ,’ ‘सरोकारवालासँगको छलफलपछि सरकारले चाँडै अघि बढ्छ, ठोस निर्णय लिन्छ ।’उनले भने । छलफलमा प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रका समस्याहरु नोट गरेको र यसलाई क्रमैसँग हल गर्दै जाने पनि बताए ।