प्रतितोला १०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७९ फागुन १९ गते १४:१७ मा प्रकाशित

काठमाण्डु,१९ फागुन– साप्ताहिक कारोबारको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य घट्यको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ ।

आज (शुक्रबार) सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको महासंघले जनाएको छ। आज शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार सुनको मूल्य प्रतीतोला ३०० रुपैयाँले बढेको थियो।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ६०० र तेजाबी सुन प्रतितोला १ लाख २ हजार १०० रुपैयाँमा किनबेच भएको थियो। शुक्रबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २६५ रुपैयाँ कायम भएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us