
कााठमाण्डु, १८फागुन- डिशहोमफाइबरनेटले नयाँ इन्टरनेट प्रोटोकलआईपीभीसिक्स ९क्ष्एख्ट०कार्यान्वयनमाल्याएको छ । कम्पनीले अङ्ग्रेजीनयाँवर्ष २०२३ को सुरुवातबाट आईपीभीसिक्स प्रविधिमार्फत सेवादिनथालेको हो ।
आईपीभीसिक्सले इन्टरनेटले जसरी काम गर्छ, त्यसमा इन्टरनेट प्रोटोकल एड्रेस अथवाआईपी एड्रेसको मुख्यभूमिका हुन्छ । हरेक डिभाइस तथा उपकरणलाई इन्टरनेटमा कनेक्ट गर्न र अन्य कम्प्युटर, नेटवर्क र डिभाइससँग सञ्चार गर्न आईपी एड्रेस जरुरत पर्दछ ।
इन्टरनेट प्रोटोकलभर्सन सिक्स (IPV6) त्यसैको नयाँ पुस्ताहो ।विश्वभर भीफोर माउपलब्ध सीमितआईपी एड्रेस वितरण भएर सकिएपछि आईपीभीसिक्स विकास गरिएको थियो ।
आईपीभीफोरमा ३.७ अर्ब युनिकआईपी एड्रेस रहेका छन्, जब कि आईपीभीसिक्समाआईपी एड्रेसको सङ्ख्या ३४०० खर्ब रहेको बताइन्छ ।एनएटी प्रविधिआवश्यकनपर्ने हुँदाआईपीभीसिक्समाआईपीभीफोरको तुलनामा इन्टरनेट एक्सेस राम्रो हुन्छ । साथै सुरक्षाका दृष्टिकोणले समेत यसलाई बढी प्रभावकारी मानिन्छ ।