सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु टुडे २०७९ फागुन १८ गते ११:३२ मा प्रकाशित

काठमाण्डु,१८ फागुन– आज बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ ।

महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । हिजो बुधबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन प्रतितोलामा १ लाख २ हजार १०० रुपैयाँ कारोबार भएको छ ।

यस्तै बिहीबार चाँदीको मूल्य प्रतितोला १२७० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदी प्रतितोला १२५५ रुपैयाँमा कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us