जाजरकोटमा एशिया लघुवित्तका कर्मचारीमाथि कालोमासो दलियो

काठमाण्डु टुडे २०७९ फागुन १७ गते १३:४० मा प्रकाशित

काठमाण्डु,१७ फागुन– जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि कालोमासो दलिएको छ ।

फागुन १६ गते जाजरकोटको भेरी नगरपालिकमा मासिक किस्ता उठाउन गएका लघुवित्तका एकजना कर्मचारीमाथि दुई जना अज्ञात व्यक्तिले कालोमासो दलेको पाइएको जाजरकोटका डीएसपी सन्तोष रोक्काले जानकारी दिएका छन ।

ती कर्मचारीको साथमा रहेको रकमसहित झोला समेत अज्ञात समूहले लुटेर लगेको पाइएको डीएसपी रोक्काले जानकारी दिएका छन । उनले भने, ‘१६ गते उक्त स्थानमा एनआईसी एशिया लघुवित्तको किस्ता उठाउने मिति रहेछ ।

सोही क्रममा लघुवित्तका कर्मचारी किस्ता उठाउन गएका रहेछन् । उनै कर्मचारीलाई दुई जना व्यक्तिले कालोमोसो दलेर किस्ता असुल गरेको रकम सहितको झोला लिएर भागेका रहेछन् ’ हामीले घटनाको अनुसन्धान सुरु गरिसकेका छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us