
काठमाण्डु,१५ फागुन– अभिनेता पल शाहले कष्टकर समयमा पनि आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन । आज कारागारबाट रिहा हुँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै् उनले यस्तो बताएका हुन ।
उनले भने, ‘अहिलेलाई यति मात्र भन्न चाहन्छु सबैलाई धन्यवाद ।’ कारागार बाहिर उभिएका फ्यानलाई हेरेर अभिवादन गरेका उनी खुसी देखिन्थे । उनलाई बहिनी रोशनीले गाडीसम्म आइपुग्न साथ दिएकी थिइन् । पलनिकट संगीतकार योगेशकाजीका अनुसार पल आज पोखरा लाग्नेछन् । एकदिन पोखरामा आराम गरेर भोलि मात्र काठमाण्डु आइपुग्ने तयारी रहेको छ ।
उनी निकट फिल्म र संगीतकर्मी उनलाई काठमाण्डु आउने बित्तिकै एयरपोर्टमा स्वागत गर्ने तयारीमा रहेका छन । बालयौन दुरुपयोग मुद्दामा तनहुँ जिल्ला कारागारमा २ वर्ष ६ महिनाको जेल सजाय काटिरहेका शाह उच्च अदालतले सफाइ दिएपछि रिहा भएका हुन् । उनका निकट साथीहरुका अनुसार छिट्टै फिल्ममा फर्किने पलको चाहना रहेको छ ।