उच्च अदालत पोखरामा अभिनेता पल शाहको मुद्दाको सुनुवाइ हुँदै

काठमाण्डु टुडे २०७९ फागुन १४ गते १५:२६ मा प्रकाशित

काठमाण्डु,१४ फागुन– आज (आइतबार) उच्च अदालत पोखरामा अभिनेता पल शाहको मुद्दाको सुनुवाइ भइरहेको छ । बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै नवलपुर जिल्ला अदालतले शाहलाई साढे दुई वर्षको जेल सजाय सुनाएको थियो ।

उक्त फैसलाविरुद्ध उनले उच्च अदालतमा पुनरावेदन भएको थियो । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा अहिले पलका वकिलहरुले बहस जारी रहेको छ । सुनुवाइपछि आजै साँझसम्म आदेश आउन सक्ने सम्भावना रहेको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिएका छन ।

एक नाबालिकामाथि जबर्जस्ती करणीको मुद्दामा नवलपुर अदालतले सफाइ दिएपनि बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष जेल सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो । यही प्रकृतिको मुद्दामा तनहुँ जिल्ला अदालतले शाहलाई सफाइ दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us