
काठमाण्डु,१४ फागुन– साताको पहिलो दिन आज आइतबा सुनको मूल्यमा सामान्य गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जानकारी दिएको छ ।
महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार हुँदा साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलामा १ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आइतबार चाँदीको मूल्य तोलामा १२६० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार चाँदी तोलामा १२७५ रुपैयाँमा कारोबार भएको थियो ।