माइक्रो बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

काठमाण्डु टुडे २०७९ फागुन ११ गते १२:२८ मा प्रकाशित

काठमाण्डु,११ फागुन– कैलालीमा माइक्रो बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मूत्यु हुनेमा गौरीगंगा नगरपालिका–६बस्ने ६० वर्षीया गेरुवा चौधरी रहेका छन ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–९ बल्मीमा बिहीबार बिहान बा ५ ख ४०३२ नम्बरको माइक्रो बसले ठक्कर दिदा पैदल यात्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक विरेन्द्र जोहारीले माइक्रोको ठक्करबाट गौरीगंगा चौधरीको घटनास्थलमै मृत्यु भएको जानकारी दिएका छन ।

चौधरीलाई ठक्कर दिने नेपालगञ्जबाट अत्तरियातर्फ आउँदै गरेको उक्त माइक्रो बस र चालक बाँकेको कोहलपुरका २९ वर्षीय नविन सिंहलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको जोहारीले जानकारी दिएका छन ।

घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । राजमार्गमा अवरोध सिर्जना भएपछि विभिन्न गन्तव्यका लागि छुटेका सवारीसाधन बल्मीमा रोकिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us