
काठमाण्डु,७ फागुन– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहसँग पुरानै धङधङी रहेको बताएका छन । आज आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन ।
उनले २ सय ४० वर्ष शासन चलाउँदा देश कस्तो अवस्थामा थियो भन्ने प्रश्न गर्दै उनले १५ वर्षको अवधि मात्रै जनताको हातमा शासन आएको बताएका छन । उनले राष्ट्रपति निर्वाचनमा यसअघि भएकै सहमति कार्यान्वयन हुने बताएका छन ।
साथै आफूहरूले दिएको उम्मेदवारमा नै राष्ट्रिय सहमति हुने उनले बताएका छन । अध्यक्ष ओलीले को उम्मेदवार हुने र बनाउने भन्ने विषय १३ गते थाहा हुने बताएका छन ।