
काठमाण्डु ,७ फागुन- प्रतिनिधि सभा सदस्य तथा नागरिक उन्मुक्तिका सचेतक सांसद अरूण चौधरी रिहा भएका छन्।
कैलाली कारागारमा रहेका चौधरी आइतबार कैलाली जिल्ला कारागारबाट रिहा भएका हुन्। प्रजातन्त्र दिवसको उपलक्ष्यमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय मिनाहा भएपछि चौधरी रिहा भएका हुन्।
राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति प्रकाशित गरी विभिन्न ३ सय ९५ जनाको कैद सजाय राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी गरिएको जनाएको थियो। सोही अनुसार सांसद चौधरीसहित कैलाली कारागारमा रहेका अन्य १४ जनाको पनि कैद मिनाह भएको छ।
उनी कारागारबाट निस्किएपछि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसहित नेता, कार्यकर्ताले उनलाई फूलमाला लगाएर स्वागतगरेका छन। उनलाई ९ वर्षअघिको आगजनी मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेको थियो।
भने उनलाई आगजनी मुद्दामा पक्राउ गरी माघ २० गते जिल्ला अदालत कैलालीमा पेस गरिएको थियो। उनले गत मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट सांसद पद जितेका थिए।
रिहा भएपछि सांसद चौधरीले चुनाव जितेपछि रिस मान्नेहरूको योजनाअनुसार आफूलाई पक्राउ गरिएको तर उनीहरूको योजना सफल नभएको बताएका छन।