हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष गरे एक कर्मचारीमाथि हातपातको प्रयास

काठमाण्डु टुडे २०७९ फागुन ४ गते १४:३० मा प्रकाशित

काठमाण्डु,४ फागुन– हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले एक कर्मचारीमाथि हातपातको प्रयास गरेका छन् ।

उनले उपमहानगरपालिकाको शहरी विकास महाशाखा प्रमुख सत्यनारायण शाहलाई अपशब्द प्रयोग गर्दै गालिगलौज गर्नुका हातपातको प्रयास गरेका एक प्रत्यक्षदर्शी कर्मचारीले जानकारी दिएका छन ।

वडाध्यक्ष सिग्देलले वडाको योजनाको फाइल अगाडि नबढाएको र आफ्नो काम नगरेको भन्दै उपमहानगरपालिका प्रवेश गर्ने मूल गेट अगाडिनै साहलाई गालीगलौज गरेका थिए ।

उपमहानगरका सिनियर ईञ्जिनियर समेत रहेका महाशाखा प्रमुख शाह माथि अभद्र व्यवहार भएको भन्दै उपमहानगरपालिकाको शहरी विकास महाशाखाका कर्मचारीहरुले आफ्नो काम रोकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us