
काठमाण्डु,४ फागुन– एमालेका सचिव लेखराज भट्टले सत्तारुढ गठबन्धनमा भएको सहमति अनुसार नै राष्ट्रपति चयन हुने बताएका छन ।
आज (बिहीबार) प्रेस चौतारी कैलालीले अत्तरियामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । उनले सरकार गठनका बेला भएको सहमति अनुसार नै राष्ट्रपति चयन हुने बताएका छन ।
उनले भने, ‘अहिले राष्ट्रपतिको निर्वाचनलाई लिएर गठबन्धन के हुन्छ ? भन्ने आम मानिसलाई चासो छ । राष्ट्रपतिका लागि गठबन्धनमा जे सहमति भएको छ त्यहीअनुसार अघि बढ्छ,’ ‘पार्टीले सबैलाई मान्य हुनेगरी उपयुक्त उम्मेदवार उठाउँछ ।
गठबन्धन कायम रहन्छ ।’ उनलेनेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति भनेर सबै दलको भावनाको प्रतिनिधित्व हुने राजनीतिक व्यक्तिलाई इंगित गरेको भन्दै भट्टले एमालेले पनि सोहीअनुसार उम्मेदवार बनाउने बताएका छन ।
राष्ट्रपति चुनावलाई लिएर गठबन्धन भत्किने सम्भावना नरहेको पनि उनले बताएका छन । सचिव भट्टले नागरिक उन्मुक्ति पार्टीले समर्थन नगर्दा सुदूरपश्चिममा एमाले सरकार ढलेको र कांग्रेस नेतृत्वको सरकार पनि संकटमा रहेको बताएका छन ।