
काठमाण्डु,४ फागुन– स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएका नेपाली कांग्रेस नेता एवं सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजान लागेको बताएका छन ।
भण्डारीलाई भेट्न बिहीबार किर्तिपूरस्थित बर्न अस्पताल पुगेका स्वास्थ्य मन्त्री गिरीले भण्डारीलाई थप उपचारको लागि मुम्बई लैजान लागेको बताएका हुन ।
उनले भारतमा उपचार गराउन लैजाँदा नेता भण्डारीको स्वास्थ्यमा सुधार आउने अपेक्षा गरिएको पनि बताए ।