ग्यास सिलिन्डर विस्फोटबाट घाइते सांसद चन्द्र भण्डारीकी आमाको निधन

काठमाण्डु टुडे २०७९ फागुन ४ गते १२:१५ मा प्रकाशित

काठमाण्डु,४ फागुन– कांग्रेसका नेता एवं संसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बुद्धनगरस्थित निवासमा बुधबार राति ग्याँस विस्फोट हुँदा घाइते भएकी भण्डारीको बिहीबार बिहान १०ः ५८ मा निधन भएको कीर्तिपुर अस्पतालका डा निजिमा ताम्राकारले जानकारी दिएकी छन ।

सांसद भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us