सांसद भण्डारीको अवस्था बुझ्न देउवा र सभामुख घिमिरे बर्न अस्पतालमा

काठमाण्डु टुडे २०७९ फागुन ४ गते ११:४३ मा प्रकाशित

काठमाण्डु,४ फागुन– कांग्रेस सभापति शेरबहादुर देउवा कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् । बिहीबार बिहान अस्पताल पुगेका देउवाले आगोले जलेर घाइते भएका सांसद चन्द्र भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

यसैबीच, सभामुख देवराज घिमिरे पनि बर्न अस्पताल पुगेका छन् । उनले सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे अस्पतालका प्रमुख डा। किरण भण्डारीसँग जानकारी लिँदै उपचारमा कमी हुन नदिन र संवेदनशील हुन ध्यानाकर्षण गराएका छन् ।

गएराति बुद्धनगरस्थित निवासमा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट घाइते भएका हुन् । उनीहरूको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

शरीरको २५ प्रतिशत भाग जले पनि सांसद भण्डारीको फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us