राष्ट्र बैंकको सर्वेक्षण : एक वर्षमा मूल्यवृद्धि १२ प्रतिशतसम्म पुग्न सक्छ

काठमाण्डु टुडे २०७९ फागुन ३ गते १८:१५ मा प्रकाशित

काठमाण्डु,३ फागुन– नेपाल राष्ट्र बैंकले आगामी १ वर्षपछि नेपाली बजारको अपेक्षित मुद्रास्फीति १२ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले गरेको मूल्यवृद्धि अपेक्षा सर्वेक्षणमा उपभोक्ताले आगामी दिनमा अहिलेको भन्दा पनि बढी मूल्यवृद्धि हुनसक्ने अनुमान गरेको छ ।

राष्ट्र बैंकले यही वर्ष २०२३ को जनवरी ८ देखि १४ सम्म देशका ६० सहरमा सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणमा ती सहरका २ हजार १० जना सहभागी थिए ।

सहभागीहरूमध्ये धेरैले आगामी १ वर्षपछि देशमा महँगी दर १२ प्रतिशतसम्मले बढ्ने अपेक्षा गरेका छन् । यस्तै, अधिकांशले आगामी ३ महिनामा महँगी १० प्रतिशतले बढ्ने अपेक्षा गरेका छन् ।

सर्वेक्षणमा सहभागीहरूले माछा, मासु, दूध, घ्यू, तेल र होटल तथा रेष्टुरेन्टहरुमा महँगी बढी हुने अपेक्षा सहभागीहरुले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us