
काठमाण्डु,३ फागुन– संघीय संसद् भवन अगाडि घरेसु हिंसाबाट पीडित भएकी बिनु यादव पक्राउ परेकी छन् । निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाण्डुले जानकारी दिएको छ ।
उनले रामेछापको मन्थलीका प्रदीप कठायतले आफूलाई यातना दिएको बताउँदै आएकी छन् । कठायतले उनीसँग सम्बन्ध विच्छेदको मुद्दा पनि दर्ता गराएका थिए ।
अदालतको फैसलापछि उनले अदालत परिसरमै विष सेवन पनि गरेकी थिइन् । पछि बिनुले प्रदीपका काका पठन कठायतविरुद्ध जबरजस्ती उद्योगको जाहेरी दिएकी थिइन् ।