माओवादी केन्द्रले राष्ट्रपतिको बारेमा आधिकारिक निर्णय गर्दै

काठमाण्डु टुडे २०७९ फागुन ३ गते १४:२७ मा प्रकाशित

काठमाण्डु,३ फागुन– नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको बारेमा आधिकारिक निर्णय गर्ने भएको छ । फागुन १३ गतेअघि माओवादी केन्द्रले राष्ट्रपतिको बारेमा आधिकारिक निर्णय गर्ने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिएका छन ।

उनले यही साताभित्र माओवादी केन्द्रको पदाधिकारी बैठक बसेर राष्ट्रपतिका बारेमा निर्णय लिने बताएका छन । उनले यसका लागि पार्टीभित्र गृहकार्य भइरहेको समेत जानकारी दिएका छन ।

उनले यो पार्टी वा त्यो पार्टी भन्दा पनि सहमतिमा राष्ट्रपति कसलाई बनाउने विषयमा छलफल हुने बताएका छन । उनले भने, ‘कांग्रेसलाई राष्ट्रपति दिने विषयमा छलफल भइरहेको छ

तर आधिकारिक निर्णय भएको होइन’ , ‘माओवादी केन्द्रले सबै दलसँग परामर्श गरिरहेको छ, बैठकबाट ती सबै कुराको टुङ्गो लगाउँछ, यी सँगै राष्ट्रपतिका बारेमा पनि आधिकारिक धारणा माओवादीले ल्याउँछ ।’

एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने गरी माओवादी केन्द्रसँग सहमति भइसकेको दाबी गर्दै आइरहेको छ । उसले माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउँदा प्याकेजमै सबै पदमा सहमति भएको बताएको छ ।

एमालेले राष्ट्रपति आफूहरूको भागमा परेको बताउँदै आएको छ । एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले यो विषयमा दुवै अध्यक्ष ९ओली र प्रचण्ड० का बीचमा सहमति भइसकेको बताउका छन ।

उनले सोही सहमति अनुसार सबै कुरा अगाडि बढ्ने विश्वास व्यक्त गरे । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमतिलाई कायम राख्नेमा आफूहरू विश्वस्त रहेको समेत गुरुङले बताएका छन ।

तर माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिका विषयमा कुनै दलसँग सहमति नभएको बताउँदै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us