मेची किनारबाट प्रतिगमनको यात्रा सुरु हुन लागेको छ: माधव नेपाल

काठमाण्डु टुडे २०७९ फागुन ३ गते ११:४९ मा प्रकाशित

काठमाण्डु,३ फागुन– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेको उम्मेदवार राष्ट्रपति बने देश बर्बाद हुने बताएका छन । आज बिहान समाजवादी प्रेस संगठन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले एमालेका उम्मेदवारहरु सभामुख र राष्ट्रिय सभाको अध्यक्ष भइसकेको र अब राष्ट्रपति पनि एमालेकै भए देश बर्बाद हुने बताएका छन । उनले राष्ट्रिय सहमतिविना एकीकृत समाजवादीले राष्ट्रपति पदमा उम्मेदवारी नदिने बताएका छन ।

उनले भने ‘अरु पार्टीलेजस्तो हारे पनि, जिते पनि हावातालमा उम्मेदवारी दिँदैनौं,’ उनले भने । अर्को एक प्रसंगमा उनले मेची किनारबाट प्रतिगमनको यात्रा सुरु हुन लागेको संकेत मिलेको जिकीर समेत गरे ।

उनले संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध हुने खालको सत्ता गठबन्धन नबनेको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us