मोवाइल लुटपाटमा दोषीलाई कारबाही गर्न प्रहरीलाई गृह मन्त्रालयको निर्देशन

काठमाण्डु टुडे २०७९ फागुन २ गते १४:४७ मा प्रकाशित

काठमाण्डु, २ फागुन– हिजो सोमबार यातायात मजदुरको आन्दोलनमा मोवाइल पसलमा लुटपाट भएको घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ ।

आन्दोलनकारीको एक समूहले गोंगबुस्थित ल्होत्से मलमा सञ्चालित मोवाइल पसलबाट मोवाइल लुटपाट गरेको भिडियोहरु समेत सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

 मंगलबार गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई टेलिफोन गरी उक्त घटनामा संलग्नको पहिचान गरेर कारबाही गर्न निर्देशन गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us