
काठमाण्डु,२९ माघ– सरकारले चालु आर्थिक वर्षको बजेटमा हेरफेर (संशोधन) गरेको छ ।
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बजेटको मध्यावधि समीक्षा गर्दै आर्थिक वर्ष ०७९र ८०को बजेटको प्रतिवेदन सार्वजनिक गर्दै १५ खर्ब ४९ अर्ब ९९ करोड मात्रै खर्च हुने अनुमान गरेका छन ।
उनले बजेटको आकार २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले घटाएका हुन् । यो वर्ष १७ खर्ब ९३ अर्ब ९३ करोडको बजेट आएको थियो । यसअनुसार २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले बजेट कटौती भएको छ ।
आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले चालु खर्च ११ खर्ब ८३ अर्ब २३ करोडबाट १० खर्ब २१ अर्ब ९२ करोडमा झारेको बताएका छन् ।
त्यस्तै पूँजीगततर्फ गत जेठ १५ मा ३ खर्ब ८० अर्ब ३८ करोड छुट्याइएकोमा ३ खर्ब १३ अर्ब ८५ करोड रुपैयँँमा झारिएको छ ।