
काठमाण्डु,२९ माघ– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेटमा राखिएको ८ प्रतिशत लक्ष्य पूरा नहुने बताएका छन ।
मन्त्री पौडेलले पर्यटन क्षेत्रमा केही सुधार देखीएको भए पनि उत्पादनमूलक उद्योग पूर्ण क्षमतामा चल्न सक्ने नदेखिएकाले आर्थिक वृद्धि लक्ष्य अनुसार नहुने बताएका छन ।
उनले धान उत्पादन गत वर्ष भन्दा सामान्य मात्र वृद्धि हुने बताएका छन । उनले बजेटमा मूल्यवृद्धि ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकामा ७।२६ पुगेको पनि बताएका छन ।