
काठमाण्डु,२६ माघ–सुदूरपश्चिम प्रदेशमा प्रदेशसभाको बैठक बिहीबार दिउँसो ४ बजेलाई सारिएको छ ।
दिउँसो १ बजेलाई बोलाइएको बैठक दिउँसो ४ बजेका लागि सारिएको प्रदेशससभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिएका छन ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने प्रयोजनका लागि बिहीबार प्रदेशसभा बैठक बोलाइएको हो । तर अहिलेसम्म मुख्यमन्त्रीको पक्षमा सदनको बहुमत जुटेको छैन ।
बहुमतका लागि निर्णायक मानिएको ७ प्रदेशसभा सदस्य रहेको दल नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने बताएको छ । तर सहमतिको सम्भावना खोजीका लागि सभामुखले बैठक सारेका हुन् ।
मुख्यमन्त्री रावलले बिहीबार विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता छ । उनले विश्वासको मत लिन नसकेमा स्वतस् पदमुक्त हुन्छन् ।
सभामुखले बैठक सारेकामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले र नेकपा एकीकृत समाजवादीले भने विरोध गरेको छ ।