
काठमाण्डु,२५ माघ– प्रहरीले नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई नेपालमा प्रतिबन्धित ५ सय दरको भारतीय रुपैयाँसहित पक्राउ गरीएको प्रहरीले बताएको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिक ४३ वर्षीय बसारूद्दीन कामरूद्दीन अन्सारी र सुनसरी इनरुवा नगरपालिका–३ ठेगाना भएका २९ वर्षीय मधुकर सेठ साह रहेका छन । उनीहरूको साथबाट प्रहरीले ५ सय दरको २ लाख २० हजार रकम बरामद गरेको छ ।
विमानस्थलबाट मङ्गलवार दिउँसो प्रतिबन्धित भारतीय रुपैयाँ ५ सय दरको ४ सय ५६ थान सहित अमेरिकी नागरिक ६२ वर्षीय काल्साङ वाङचुकलाई पनि प्रहरीले पक्राउ ग रेको छ ।
वाङचुकको साथबाट २ लाख २८ हजार बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ ।
काठमाण्डुबाट दिल्ली जान लागेका अमेरिकी नागरिक अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा पक्राउ परेका हुन्