
काठमाण्डु,२३ माघ– राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल अगाडि बढाएका छन् ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि राष्ट्रिय सहमतिका लागि ती नेताबीच छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।
माओवादी केन्द्र र कांग्रेसका नेताहरु राष्ट्रिय सहमतिको सरकारमा पक्षमा छन् भने एमालेलाई मनाउने तयारी भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्ने प्रयास भइरहेको बताएका छन ।