तोलामा ५०० ले बढ्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७९ माघ २३ गते ११:२९ मा प्रकाशित

काठमाण्डु,२३ माघ– नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आजको भाउ तोक्दै हिजो आइतबारको तुलनामा सुनको मूल्य उकालो लागेको बताएको छ ।

हिजो (आइतबार) छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँ कायम थियो भने आज ५०० रुपैयाँले बढ्दै छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै  हिजो तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँ कायम थियो । जुन, आज ५०० रुपैयाँले बढ्दै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य स्थिर कायम भएको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय २० रुपैयाँ कायम थियो । आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us