वर्तमान सरकारका प्रधानमन्त्री ओली नै हुन्: चित्रबहादुर केसी

काठमाण्डु टुडे २०७९ माघ २२ गते १८:१२ मा प्रकाशित

काठमाण्डु,२२ माघ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नभइ एमाले अध्यक्ष केपी शर्मा ओली नै भएको बताएका छन ।

उनले प्रतिनिधि सभाको आइतवारको बैठकमा बोल्दै यस्तो बताएका हुन । उनले ओलीका सबै भनाइहरु सुन्दा आफूले उनी नै प्रधानमन्त्री रहेको निष्कर्ष निकालेको बताएका छन ।

उनले प्रधानमन्त्री दाहाललाई काँग्रेसले पुस २६ गते विश्वासको मत दिएसँगै ओली आतंकित भएको पनि बताएका छन । उनले अध्यक्ष ओलीका कुराहरु गणतन्त्र र ०६२/ ०६३ को आन्दोलनका उपलब्धिका लागि हानीकारक रहेको बताउका छन ।

उनले पूर्व प्रधानमन्त्री र पूर्व सभामुखहरुलाई पनि बोल्ने समय तोक्नुपर्ने बताएका छन । उनले भने, ‘०६४ तिर की कता हो, पूर्व प्रधानमन्त्री र सभामुखले जति बोलेपनि हुने, पूर्वप्रधानमन्त्री एक जना नाम अहिले नलिऔँ,

उहाँले ३९ मिनेट बोल्नुभयो, त्यतिबेला र आफ्नो भाषणा छोड्ने बेलामा मेरा दुई शब्द यही टुंग्याउँछु भनेर छोड्नुभयो, बोल्ने बेलामा ३९ मिनेट बोल्ने, त्यसैले सभामुखज्यु, पूर्वप्रधानमन्त्रीहरु र सभामुखहरुले जति बोल्नुहुन्छ, त्यत्ति समय दिनु हुँदैन, उहाँहरुलाई पनि समय निश्चित गर्नुपर्छ ।

आजको बोलिबाट मैले त्यही पहिलेको ०६४ कै पूर्वप्रधानमन्त्रीले ३९ मिनेट फटफटाएर मेरो दुई शब्द यहीँ टुंग्याउँछु भन्ने । अर्को अघि पूर्वप्रधानमन्त्रीले जे कुरा गर्नुभयो, नयाँ आएका साथीहरुलाई आश्चर्य लाग्नसक्छ ।

उहाँले रनभुल पार्न सक्नुहुन्छ । हामी त संसदमा पहिल्यैदेखि छौँ नि । उहाँलाई देखेका छौँ, सरकारमा, संसदमा बसेका छौँ ।

उहाँले जे जति आकाश पाताल जोडेर कुरा गर्नुभयो, त्यसको मुख्य कारण नेपाली काँग्रेसले राष्ट्रपतिमा जुल्कीहुल्की गरेको हुनाले सातोपुत्लो गएको छ, मुख्यकुरा त्यही हो ।

सांसद केसीले एमाले अध्यक्ष ओलीले आप्रवासी नेपालीको समस्याका बारेमा आज आएर गोहीको आँशु बगाएको भन्दै व्यंग्य गरेका छन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us