पद जाँदा अलिअलि झोँक चलेको छ: रवि लामिछाने

काठमाण्डु टुडे २०७९ माघ २२ गते १७:१६ मा प्रकाशित

काठमाण्डु,२२ माघ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै आयोजित पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले आफ्नो सिधा कुरा राखेका छन ।

उनले सो क्रममा मिडियाहरु स्वार्थ बाझिने खेलमा लागेको भन्दै चर्को आलोचना गरेका छन । सो क्रममा उनले मिडियाहरुको नामै किटेर चर्को आक्रोश पोखेका छन ।

उनले आफूले झुटो नबोल्ने उल्लेख गर्दै मन्त्री पद जाँदा केही अलिअलि झोँक पनि चलेको स्वीकार गरेका छन । उनले भने, ‘मन्त्री पद गएको झोँकमा यो झोक्किएछ भन्ने तपाईँलाई होला हैन ? अलिअलि हो’, उनले भने, ‘किन झुट बोल्ने ? अलिअलि त हो

नि रिस उठिहाल्छ नि उपप्रधानमन्त्री, गृहमन्त्री सबै गएको छ भने होइन भनेर त्यस्तो नाटक मैले गर्न सक्दिनँ ।’ उनले आफ्नो फेसबुकको बायो समेत मान्छे भन्ने राखेको उल्लेख गर्दै त्यतिसम्म त देलान् नि भनेर सो निर्णय गरेको उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us