हवाई यातायात सुरक्षित बनाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाण्डु टुडे २०७९ माघ २० गते १७:३० मा प्रकाशित

काठमाण्डु,२० माघ–कानुनी, प्राविधिक एव संरचनागत क्षमता अभावले अत्यधिक हवाई दुर्घटना हुने गरेको भन्दै नेपालको हवाई यातायातलाई सुरक्षित बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रवार दायर गरेको रिट निवेदनको पेशी माघ २४ गते मङ्गलवारलाई तोकिएको निवेदक त्रिपाठीले जानकारी दिएका छन ।

रिटमा निवेदकले विशेषज्ञहरूको उच्चस्तरीय समिति गठन गरी उड्डयन क्षेत्रसँग विद्यमान कानुन, नियम, सुरक्षा मापदण्डहरूको पुनरावलोकन गर्न माग गरेका छन ।

त्यस्तै विशेषज्ञ समितिको सिफारिस बमोजिम हवाई यातायातको सञ्चालन सम्बन्धी विद्यमान कानुन, नीति एव हवाई सुरक्षा मापदण्डहरूको संशोधन एव परिमार्जन गर्नुपर्ने निवेदकको माग रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us