श्रीलङ्काका प्रधानमन्त्रीसँग भेट गर्दै परराष्ट्रमन्त्री

काठमाण्डु टुडे २०७९ माघ २० गते १६:२९ मा प्रकाशित

काठमाण्डु,२० माघ– श्रीलङ्का भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डाविमला राई पौड्यालले आज उच्चस्तरीय भेटघाट गर्ने भएकी छिन् ।

श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन त्यहाँ पुगेकी उनले आज साँझ श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्ने मन्त्रालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्रमन्त्री पौडेलले श्रीलङ्काका विदेशमन्त्री अली सब्रिसँग भेट गर्नेछिन् । भेटवार्तापछि उनी श्रीलङ्काको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा आयोजना हुने विशेष सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछिन् ।

भोलि बिहान श्रीलङ्काको स्वतन्त्र दिवसको अवसरमा आयोजित झण्डोत्तलोन र परेड कार्यक्रममा परराष्ट्रमन्त्री डा।पौड्याल सहभागी हुने कार्यक्रम रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us