
Interview with Nepal Communist Party (NCP) standing committee member Ghana Shyam Bhusal, in Kathmandu, on June 7, 2019. Photo: Naresh Krishna Shrestha/THT
काठमाण्डु,२० माघ– नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसालले मेडिकल रिपोर्टहरु सामान्य रहेको बताएका छन । आफैं गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेका भूसाल बानेश्वरमा बेहोस भएका थिए ।
गाडी चलाउँदा चलाउँदै बेहोस भएपछि काठमाण्डुको सिभिल अस्पतालमा भर्ना भएका थिए । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भुसालले आफूलाई चोटपटक वा गम्भीर समस्या नरहेको बताएका छन ।
उनले भने, ‘सडक दुर्घटनाको कारण सिभिल अस्पतालमा उपचाररत रहेको हुँदा अहिलेसम्म कुनै प्रकारको चोटपटक वा गम्भीर समस्या नरहेको ‘साथै मेडिकल टेस्टको हालसम्मको रिपोर्टहरू समेत सामान्य रहेको जानकारी गराउँदै चासो–चिन्ता व्यक्त गर्नुभएकोमा सबैप्रति आभार व्यक्त गर्दछु ।’